मुग्लिन–नागढुंगा सडकखण्ड मंगलबारदेखि तीन दिनसम्म राति बन्द हुने भएको छ।
हाल भइरहेको सडक स्तरोन्नति कार्यका लागि चैत १७ गतेदेखि तीन दिनसम्म राति १० बजेदेखि ४ बजेसम्म यो सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय, चितवनले अत्यन्त जरूरी सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-४ को घोप्टेभिर लगायतका विभिन्न स्थानहरूमा सडक स्तरोन्नतिको कार्य अगाडि बढिरहेकोमा पटक-पटक सवारी आवागमन बन्द गर्नुपरेका कारण यात्रुहरूले यात्राको क्रममा कठिनाइ भोग्नु परेको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक सेवा बाहेकका सबै प्रकृतिका सवारी साधनहरूको आवागमन बन्द रहने निर्णय गरिएको जानकारी दिए।