अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरत सञ्जय चौधरीलाई ३० हजार रूपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।
खाद्य प्रविधि अन्तर्गत अनुगमन तथा निरीक्षण शाखा काठमाडौंमा कार्यरत प्राविधिक सहायक चौधरीलाई अख्तियारले सोमबार नियन्त्रणमा लिएको हो।
उनले उद्योग नविकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार चौधरीको साथबाट रकमसहित २ थान मोबाइल पनि नियन्त्रणमा लिइएको छ।