जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा मेघगर्जन/चट्याङ सहित पानी पार्ने बादल विकास भएको बताएको छ।
त्यसका कारणले अहिले पश्चिम नेपालमा वर्षा भइरहेको छ। केही बेरअघि काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको थियो।
काठमाडौंमा रोकिए पनि कास्की, लमजुङ, म्याग्दी, मनाङ लगायत आसपासका क्षेत्रमा मेघगर्जन/चट्याङ, हावाहुरी सहित हल्का वर्षा/हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ।
पश्चिम नेपालमा थप वर्षा/हिमपातको सम्भावना रहेको तथा सो प्रणाली पूर्वतिर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।