प्रहरी वृत्त मालिगाउँका प्रहरी नायब निरीक्षक (सई) दिनेश राउत २० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनले बैंकिङ कसुरको मुद्दामा रकम फिर्ता गर्न सहजीकरण गरिदिने र मिलापत्र गर्न भनेर २० हजार रूपैयाँ घुस मागेको आरोप छ।
घुस मागेको खबर पछि अख्तियारको टोली खटिएको थियो। उनलाई प्रहरीले काठमाडौं-१७ गहनापोखरीबाट पक्राउ गरिएको हो।