केही दिनअघि एमालेका कार्यकर्ताहरूले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नारा लगाउँदै हिँड्ने क्रममा एक ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उक्त घटनापछि गृहमन्त्री सुधन गुरूङको निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति रामशरण शर्मा बजगाईंलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर थप अनुसन्धान गरिरहेको छ।
यसैबीच गृहमन्त्री सुधनले ती ज्येष्ठ नागरिकलाई ललितपुरस्थित उनकै निवासमा पुगेर भेट गरेका छन्।
आफू पीडित हुँदा तुरून्तै 'एक्सन' मा उत्रिएर साथ दिएको भन्दै ती ज्येष्ठ नागरिकले गृहमन्त्री सुधनलाई धन्यवाद दिएका छन्।
उक्त घटनाले आफूलाई निदाउन समेत नसक्ने अवस्था बनाएको भन्दै गृहमन्त्री सुधनले घटनाबारे जानकारी पाएलगत्तै तुरून्तै एक्सन लिएको बताएका छन्।