गृहमन्त्री सुधन गुरूङले दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण क्रममा गृहमन्त्री गुरूङले विपदमा परेका नागरिकको तत्कालै उद्धारका लागि दुइटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएएका हुन्।
ज्यानको परवाह नगरी नागरिकको उद्धार कार्यमा खटिएकोमा मन्त्री गुरूङले सशस्त्र प्रहरीलाई धन्यवाद पनि दिए।
मन्त्री गुरूङले विपद्मा परेका नागरिकहरुको सेवा सुरक्षा गर्नको लागि नेपाल सरकार, गृहमन्त्रालय लगायत सुरक्षार्मीहरु तयारी हालतमा रहन निर्देशन पनि दिए।
मन्त्री गुरुङले विगत केही वर्ष अगाडि आफैले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विपद् व्यवस्थापन सम्बन्धी तालिम समेत लिएको स्मरण गरे।
उनले कोभिड–१९ महामारी र सीमा नाकामा नेपालको झण्डा राख्ने जस्ता कार्यमा सशस्त्र प्रहरी बल नेपालसँग नजिक भएर काम गरिसकेको हुँदा सुरक्षार्मीको काम, कर्तव्य र अधिकार तथा दुःख कस्तो हुन्छ भन्ने बारेमा समेत आफु जानकार रहेको बताए।
मन्त्री गुरूङले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई विपद् शुरु हुनु आगाडि नै तयारी हालतमा रहन निर्देशन दिए। सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अब व्यारेकमा नभइ फिल्डमा हुनुपर्ने उनको भनाइ थियो।
ड्युटिको समयमा जुनसुकै ठाउँमा परिचालन हुदाँ नागरिक र सुरक्षाकर्मी एउटै हो भन्ने भावना बोकी सबैमा नम्र व्यवहार गर्नुपर्ने बताउँदै उनले आपद् विपद्मा परेका नागरिक हरुको उद्धारमा खटिदाँ नागरिकको मात्र उद्धार नभई उद्धारमा खटिने सुरक्षाकर्मीको आफ्नो सुरक्षा अपनाई परिचालन हुने व्यवस्था ल्याउनुपर्नेमा मन्त्रालयले काम गरिरहेको बताए।
मन्त्री गुरूङले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी रोक्नको लागि मन्त्रालय कठोर भएर अगाडि बढ्ने बताउनुहुदै त्यस्ता कार्यमा कुनै पनि सशस्त्र प्रहरी कर्मचारीहरु संलग्न नरहन आग्रह गरे।
सीमा क्षेत्रमा राखिएको नेपालको झण्डालाई कपडाको रुपमा मात्र नलिई देशको अस्थित्व बोकेको पहिचान भएको बताउनुहुदै बोर्डर क्षेत्रमा फहराएको नेपाली झण्डा च्यातिएको अवस्थामा देखियो भने तत्कालै त्यस ठाउँमा खटिएका कर्मचारी सिधै आफुले प्रतिक्रिया राख्ने बताए।
उनले सशस्त्र प्रहरीले भोग्दै आएको समस्या कानुनबाटै समाधानका लागि मन्त्रालय सकारात्मक रहेको पनि बताए।
उनले आफ्नो घर परिवार चलाउन समेत कठिनाई परेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सेवा सुविधामा हेरफेर गर्न नेपाल सरकार लगायत गृहमन्त्रालय सकारात्मक रहेको बताए।
सशस्त्र प्रहरी कर्मचारीहरु १३/१४ बर्षसम्म एउटै पदमा रही काम गर्नुपर्ने बाध्यतालाई समाधान गर्न मन्त्रालय अगाडि बढ्ने बताउनुहुँदै संगठनलाई अगाडि बढाउन तथा कार्य क्षेत्रमा परिचालन हुदाँ आई परेका समस्या समाधानका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था लिखित रुपमा मन्त्रालयमा पेश गर्न निर्देशन दिए।