घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमण जग्गा खाली गर्न स्थानीय प्रशासनले पत्राचार गरेको छ।
जिल्ला प्रशासन कार्यालयका बिजय गौतमले मंगलबार जारी गरेको पत्राचारमा अतिक्रमण हटाउन आदेश गरिएको छ।
घोराही क्षेत्रका सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन घोराही उपमहानगरपालिकाको कार्यालयका साथै जिल्ला प्रहरी कार्यालय घोराही दाङका नाममा पत्राचार गरिएको छ।
अतिक्रमण हटाउन मागसहित प्रतिष्ठानले चैत १६ गते पत्राचार गरेको थियो।
त्यो पत्रका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले मंगलबार पत्राचार गरेको सूचनामा उल्लेख छ।
सोही आधारमा स्थानीय प्रशासनले सरकारी/ सार्वजनिक जग्गाको अतिक्रमण हटाइ सरकारी जग्गाको संरक्षण गर्न आवश्यक सहजीकरणको लागि निर्देशन जारी गरेको छ।
योसँगै प्रतिष्ठानको अतिक्रमित लगायत घोराही क्षेत्रको अन्य सरकारी जग्गाको अतिक्रमण हट्ने अपेक्षा गरिएको छ।
-1775012978.jpg)