३५ हजार क्याप्सुल ट्रामाडोलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले चार जनालाई लागुऔषध ट्रामाडोलसहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
नुवाकोट शिवपुरी-६ का ३५ वर्षीय सुरेश तामाङ, दोलखाका २२ वर्षीय सञ्जिब घिसिङ, धनुषाका २२ वर्षीय सुरेन्द्रकुमार रौनिहार र काठमाडौंका २३ वर्षीय रोहित राना मगरलाई प्रहरीले पक्राउ गरेको हो।
सुरेशबाट प्रहरीले सबैभन्दा धेरै ट्रामाडोल बरामद भएको हो। उनीबाट ३१ हजार ८०० वटा ट्रामाडोल बरामद भएको थियो। बाँकीबाट अन्य बरामद गरेको हो।
सुरेश र रोहित लागुऔषध मुद्दामै यसअघि पनि पक्राउ परेका व्यक्ति हुन्।
उनीहरू भदौ २४ गते जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका थिए।