ललितपुर महानगरपालिकाले बिहीबार ‘वातावरण भ्यान’ को शुभारम्भ गरेको छ।
उक्त कार्यक्रमको उद्घाटन महानगरका मेयर चिरीबाबु महर्जनले गरेका हुन्।
वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस भ्यानमार्फत् महानगर क्षेत्रमा अनुगमन र कारबाहीलाई थप सशक्त बनाइने बताइएको छ।
यस अभियानमा वातावरण प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
उनीहरूले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिकजन्य वस्तु जलाउन रोक्ने, अत्यधिक धुवाँ फाल्ने सवारी साधन तथा उद्योगहरूको अनुगमन गर्नेछन्।
साथै, जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित रूपमा विज्ञापन टाँस्ने तथा रूखबिरूवा क्षति पुर्याउने कार्यमा कडाइका साथ कारबाही गरिनेछ।
महानगरपालिकाले यस पहलले स्वच्छ, हरित र व्यवस्थित ललितपुर निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने नगर प्रहरी प्रमुख सताराम हाछेथुले जानकारी गराए।
तस्बिरहरू:
-1775111546.jpg)
-1775111545.jpg)
-1775111545.jpg)
-1775111545.jpg)
-1775111544.jpg)
-1775111543.jpg)
-1775111543.jpg)
-1775111544.jpg)
-1775111544.jpg)
-1775111545.jpg)
-1775111544.jpg)