भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्व बन्धु बगाले नियुक्त भएका छन्।
बालरोग विशेषज्ञ डा. बगाले स्वास्थ्य सेवा अन्तर्गत ११ औँ तहमा कार्यरत छन्।
बगालेले पहिले पनि केही महिना भरतपुर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेर काम गरेका थिए।
यसअघि भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा डा. कृष्ण प्रसाद पौडेल रहेका थिए।
डा. बगाले गण्डकीको प्रदेशको स्वास्थ्य सचिव थिए।
डा. युवानिधि बसौलाले गण्डकी प्रदेश सचिवको जिम्मेवारी पाएपछि डा. बगालले स्वास्थ्य मन्त्रालयमा काजमा थिए।