प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
बिहीबार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले तार्केश्वर नगरपालिका-८ स्थित कोठाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।
उनीबाट ९८ ग्राम खैरो हेरोइन, एउटा तराजी र ६ लाख ५० हजार रुपैयाँ बरामद भएको ब्युरो प्रवक्ता एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
उनीमाथि प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान अघि बढाएको छ।