चितवनको भरतपुर महानगरपालिका–१ आँपटारी चोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको गाडी एकापसमा ठक्कर खाँदा पछाडिबाट आउँदै गरेको बा प्र. ०३–००१ ह २५४८ नम्बरको अटोसमेत गाडीको पछाडि ठोक्किएको थियो।
दुर्घटनामा बसमा सवार १५ जना र अटोचालक घाइते भएका छन्।
उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, ४ जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ।