१५ बुँदे माग राखेर ६ दिनदेखि अनशनरत नर्स ज्योति रानाभाटको समर्थनमा प्रदर्शन भएको छ।
काठमाडौंको वीर अस्पताल परिसरमा नर्सहरूले प्रदर्शन गरेका हुन्।
रानाभाटले ६ दिनदेखि अनशनमा छिन्। उनले १५ वटा बुँदा माग राखेर प्रदर्शन गरिरहेकी हुन्।
नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक, श्रम शोषण अन्त्यलगायत १५ बुँदे माग राखेर नर्स रानाभाट १४ साउन देखि अनसनमा बसेकी हुन्।
प्रदर्शनमा ‘शोषणलाई समर्पण नभन’, ‘स्वास्थ्य सेवा नर्सका कारण चल्छ, तारिफले होइन’, ‘ताली होइन तलब चाहियो’, ‘उचित तलब हाम्रो अधिकार’ लगायत लेखिएका पम्प्लेट बोकेर प्रदर्शन भइरहेको छ।
तस्बिरहरू:
-1785822798.jpeg)
-1785822798.jpeg)
-1785822798.jpeg)
-1785822797.jpeg)
-1785822797.jpeg)
-1785822797.jpeg)
-1785822797.jpeg)
-1785822796.jpeg)
-1785822796.jpeg)
-1785822796.jpeg)
-1785822796.jpeg)
-1785822796.jpeg)
-1785822796.jpeg)
-1785822795.jpeg)
-1785822795.jpeg)