गोरखास्थित मनास्लु हिमालको आधार शिविरमा युवाहरूले गरेको अनशन स्थगित भएको छ।
हिमतालबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न माग गर्दै चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ७ का गरी ११ जना युवा आधार शिविरमै अनशन बसेका थिए।
गण्डकी प्रदेश सरकार र राष्ट्रिय प्रकृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजनाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि आज अनशन स्थगित गरिएको दावा नोर्बु लामाको भनाइ छ।
प्रदेश सरकार र एमक्यापले अनशन फिर्ता लिन आह्वान गरेका थिए।