लगातारको वर्षाले बुटवलको तिनाउ नदीको जलसतह बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले जलसतह बढेको र बढ्ने क्रम जारी रहेको जनाएको छ।
नदीमा पानीको सतह बढेपछि स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
अहिलेसम्म बाढीले कुनै क्षति नगरे पनि नदीमा जलसतह बढ्ने क्रममा रहेकोले तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरेको छ।
प्रहरीले माइकिङ गर्दै नदिबाट जोखिम रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।