कैलाली प्रहरीले चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।
बझाङको छबिस पाथिभेरा गाउँपालिका– ३ का ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका– ३ की ४७ वर्षीया सीतादेवी चौधरी पक्राउ परेका हुन्।
कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार धनगडी उपमहानगरपालिका– ४ को नयाँराम होटेल नजिकै बाट उनीहरु शुक्रबार पक्राउ परेका थिए।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको पनि प्रहरीले जनाएको छ।