दशरथ रंगशालामा जारी साग फुटबलको फाइनल खेल भुटानले नेपालविरूद्ध बराबरी गरेको छ। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएका हुन्।
यसअघि खेलको १६ औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६, ०४:५४:००