स्पेनिस नम्बर एक टेनिस खेलाडी कार्लोस अल्काराजले अस्ट्रेलियन ओपनको सिजनको उपाधि जितेका छन्।
आइतबार उपाधि जितेसँगै चारै वटा ग्रान्डस्लाम जित्ने उनी सबैभन्दा कामन्छा खेलाडी भएका छन्।
उनको जितले नोभाक जोकोभिचको २५औँ ग्रान्ड स्लाम उपाधि जित्ने लक्ष्यलाई अझै प्रतिक्षा गर्ने अवस्थामा पुर्याएका छन्।
मेलबर्नमा भएको खेलमा अल्काराजले पहिलो सेट २-६ ले गुरमाएका थिए। तर त्यसपछि ६-२, ६-३, ७-५ को जित निकाल्दै २२ वर्षीय अल्काराज चारै वटा ग्रान्डस्लाम जित्ने कान्छा टेनिस खेलाडी बने।
खेलको सुरुवातमा विश्व नम्बर एक स्पेनिस खेलाडी अल्काराजले केही संघर्ष गर्नुपरेको थियो। ३८ वर्षीय जोकोभिचले आफ्नो अनुभवको पूर्ण प्रयोग गर्दै युवा प्रतिद्वन्द्वीमाथि दबाब बनाएका थिए। तर, पछि अल्काराजले आफ्नो लय समाते र चौथो वरीयताका सर्बियाली खेलाडी जोकोभिचलाई पछि पार्दै आफ्नो सातौँ ठूलो उपाधि जिते।
चारवटै ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन जित्ने अल्काराज इतिहासकै नवौँ पुरुष खेलाडी बनेका छन्।
जोकोभिचको २५औँ उपाधि जितेर एकलौटी कीर्तिमान बनाउने प्रतीक्षा अझै लम्बिएको छ। सन् २०२३ को यूएस ओपन जितेदेखि नै उनी अस्ट्रेलियाकी मार्गरेट कोर्टको २४ उपाधिको कीर्तिमानसँग बराबरीमा छन्।
आफ्नो खेल जीवनको अन्त्यतिर आइपुगेका जोकोभिचका लागि आफूलाई इतिहासकै महान् खेलाडी प्रमाणित गर्ने योभन्दा राम्रो अवसर फेरि नहुन सक्छ।
पछिल्ला दुई सिजनमा पुरुष टेनिसमा कार्लोस अल्काराज र इटालीका यानिक सिनरको दबदबा देखिएको छ।अल्काराजको यो पहिलो अस्ट्रेलियन ओपन जितसँगै यी दुई युवा खेलाडीले मिलेर पछिल्ला नौवटा ग्रान्ड स्लाम उपाधिहरू आपसमा बाँडेका छन्।