आइसिसी क्रिकेट विश्वकप २०१९ को पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारतले खराब सुरुवात गरेको छ।
भारतले चार ओभर नसकिदै महत्वपूर्ण ३ विकेट गुमाएको छ। भारतका ओपनरद्वय लोकेश राहुल र रोहित शर्मा १-१ रनको झिनो स्कोरमा आउट भएका छन्। कप्तान विराट कोहली पनि १ रनमै पेभिलियन फर्केका छन्।
दुवै ओपरनलाई न्युजिल्यान्डका माट हेरनीले विकेटकिपर टम लाथमबाट क्याच गराएका छन्। कोहलीलाई ट्रेन्ट बोल्टले एलबिडब्लूको धरापमा पारेका छन्।
अहिले रिशव पन्त र दिनेश कार्तिक ब्याटिङ गरिरहेका छन्। भारतले ५ ओभरमा ३ विकेट गुमाउदा केवल ६ रन जोडेको छ।
त्यसअघि बुधबार ४६.१ ओभरबाट ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन जोड्यो। न्युजिल्यान्डले बुधबार ३.१ ओभरमा २९ रन जोड्दा थप ३ विकेट गुमायो।
त्यसअघि म्यानचेस्टरमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षा भएको थियो। त्यसपछि बुधबारका लागि खेल स्थगित गरिएको थियो।
मंगलबार ६७ रन बनाएर खेलिरहेका रोश टेलर थप ७ रन जोड्दा रनआउट भए। उनले ७४ रन जोड्ने क्रममा ९० बलमा ३ चौका र १ छक्का हिर्काए।
मंगलबार टम लाथम ३ रन बनाएर खेलिरहेका थिए। उनी थप ३ रन जोडेर आउट हुने क्रममा १० रनमा आउट भए। मिचेल सान्टनरले नटआउट १० रन जोडे।
त्यसअघि ओपनर मार्टिन गुपटिल १ रनमै आउट भएका थिए। हेनरी निकोल्सले ५१ बलमा २७ रन ज । कप्तान केन विलियमसनले ९५ बलमा ६ चौकाको मद्दतमा ६७ रनको योगदान दिए।
जेम्स निसम १२ रन र कोलिन डे ग्रान्डहोम १६ रन जोडेर आउट भए।
भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए। पहिलो दिन १ विकेट लिएका भारतका भुवनेश्वरले बुधबार २ विकेट हात पारे।
बलिङमा भारतका चार बलरले १-१ विकेट लिए। जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युजभेन्द्र चाहलले १-१ विकेट लिएका हुन्।