वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको चौथो दिनको खेल सकिदा इंग्ल्यान्डले अग्रता लिएको छ।
दिनको खेल सकिदा दोस्रो इनिङ्ग्समा ८ विकेटको क्षतिमा २ सय ८४ रन बनाएर खेलिरहेको इंग्ल्यान्डले १७० रनको अग्रता लिएको छ।
इंग्ल्यान्डका लागि दोस्रो इनिङ्ग्समा डोम सिब्लीले ५० रन जोडे भने जाक क्राउलीले सबैभन्दा बढी ७६ रनको योगदान दिए।
कप्तान बेन स्टोक्सको ४६ रन पनि महत्वपूर्ण रह्यो।
बलिङमा वेस्ट इन्डिजका सानन ग्राबियलले ३ विकेट लिएका छन्।
यसअघि पहिलो इनिङ्ग्समा इंग्ल्यान्ड २ सय ४ रनमा अलआउट भएको थियो।
जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३ सय १८ रन बटुलेको थियो।