मोटरसाइकल दुर्घटनमा परी राष्ट्रिय क्रिकेटर मीनश थापाको निधन भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले थापाको मृत्युको पुष्टि गर्दै दु:ख व्यक्त गरेका छन्।
‘कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मीनश थापाको दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ,’ पारसको भनाइ छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा परिवारजनलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं।’
२७ वर्षीय थापाको बिहीबार विहान विराटनगरमा भएको दुघर्टनमा निधन भएको हो। दुर्घटनमा परेपछि कोशी अस्पताल पुर्याएपछि उनलाई चिकित्शकले मृत घोषणा गरेका थिए।
उनी कोशी प्रदेशका लागि राष्ट्रिय क्रिकेट खेल्ने गरेका थिए। उनले पछिल्लो समय प्रधानमन्त्रीमा कोशी प्रदेशबाट खेलेका थिए।