एसेज सिरिज अन्तर्गत बक्सिङ डे टेस्टमा मेलवर्न क्रिकेट मैदानमा (एमसिजी) दर्शकको उपस्थितिले कीर्तिमान तोडेको छ।
तर घरेलु टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको यो चौथो टेस्टमा एकैदिन २० विकेट खस्दा जम्मा २६६ रन बनेको छ।
पहिलो दिनको खेल सकिदा अस्ट्रेलियाले ४६ रनको अग्रता लिएको स्थिति छ। यसअघिका तीन खेल जितेर एसेज सिरिज अस्ट्रेलियाले जितिसकेको छ।
एमसिजीमा पहिलो दिनको खेलमा ९४ हजार १९९ दर्शकले खेल हेरेका छन्। यो एसेज सिरिजमा अहिलेसम्मकै सर्वाधिक दर्शकको संख्या हो।
टस जितेको इंग्ल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङग्समा १५२ रनमै अलआउट भयो। उसका लागि कोही ब्याटरले अर्धशतक समेत बनाउन सकेनन्। बलिङमा इंग्ल्यान्डका जोश टङले ५ विकेट लिए।
जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले झन खराब ब्याटिङ गर्यो। इंग्ल्यान्ड ११० रनमा अलआउट भयो। इंग्ल्यान्डका सुरुवाती चार ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ह्यारी ब्रुकले सर्वाधिक ४१ रन बनाउन सके। बलिङमा अस्ट्रेलियाका मिचेल नेसरले ४ विकेट लिए भने स्कट बोलान्डको नाममा ४ विकेट लियो।
पहिलो दिन दोस्रो इनिङ सुरु गरेको अस्ट्रेलियाले विना विकेटको क्षतिमा ४ रन बनाउदा दिनको खेल सकियो। यससँगै एकैदिन २० विकेट गयो भने २६६ रन बन्यो, अस्ट्रेलिया ४६ रनले अघि रह्यो।