कतारमा आयोजना हुने डीपी वर्ल्ड एसिया कप राइजिङ स्टार्स मेन्स २०२६ का लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघले सार्वजनिक गरेको टोलीमा अनुभवी खेलाडीदेखि युवा खेलाडीसम्मलाई समेटिएको छ। सन्दीपको कप्तानीमा घोषित टोलीमा कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी र पवन सर्राफजस्ता अनुभवी खेलाडी छन्।
त्यस्तै, बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, लोकेश बम, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेश गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल पनि टोलीमा परेका छन्।
नोभेम्बर १९ देखि २९ सम्म कतारको दोहामा आयोजना हुने प्रतियोगिता ५० ओभरको हुनेछ। प्रतियोगितामा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान शाहिन्स र यूएईसँगै छ।
नेपालले प्रतियोगितामा नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। पहिलो सेमिफाइनल नोभेम्बर २६, दोस्रो सेमिफाइनल नोभेम्बर २७ र फाइनल नोभेम्बर २९ मा हुनेछ।
नेपालको १५ सदस्यीय टोली
1. सन्दीप लामिछाने (कप्तान)
2. बासिर अहमद
3. अर्जुन कुमाल
4. नन्दन यादव
5. पवन सर्राफ
6. ललित राजवंशी
7. लोकेश बम
8. कुशल भुर्तेल
9. सोमपाल कामी
10. दीपक डुम्रे
11. सन्दीप जोरा
12. अभिषेश गौतम
13. ईशान पाण्डे
14. राशिद खान
15. देव खनाल
समूह विभाजन
• समूह ‘ए’ : बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ।
• समूह ‘बी’ : भारत ‘ए’, पाकिस्तान शाहिन्स, नेपाल र यूएई।