अजाक्सले डच लिगको उपाधि जितेको छ ।
बुधबार राति भएको खेलमा डी ग्राफ्स्चेपलाई ४–१ ले पराजित गर्दै अजाक्स घरेलु लिग डच एरिडिभिजीको उपाधि विजेता बनेको हो ।
सन् २०१४ पछि अजाक्सले पहिलोपटक घरेलु लिगको उपाधि जितेको हो । अजाक्सको जितमा ताडिकले दुई गोल गरेका थिए।
हिजोको खेलमा अजाक्सले खेलको ३७ औं मिनेटमा अग्रता लिएको थियो। स्चोनीले सो गोल गरेका थिए। सो अग्रतालाई डी ग्राफ्स्चेपले खेलको ४० औं मिनेटमा एल जिब्लीको गोलमा बराबरी गर्यो। सो बराबरीको नतिजा खेलको ४४ औं मिनेटमा ताग्लिएफिकोले गोल गर्दै तोडे र पहिलो हाफ २-१ को अजाक्सको पक्षमा रह्यो।
त्यसपछो खेलको दोश्रो हाफमा पनि अजाक्सले २ गोल गर्यो र म्याच ४-१ ले जित्दै उपाधिमाथि कब्जा जमायो।
अजाक्सका लागि ती गोल ताडिकले खेलको ६७ र ८७ औँ मिनेटमा गरे । अजाक्सले यस सिजनमा डच कपको उपाधिसमेत जितेको छ। यसरी घरेलु लिग र डच कप दुबै उपाधि जित्ने अजाक्स पहिलो डच क्लब हो।