पोर्चुगल नेशन्स कपको फाइनलमा पुगेको छ। बुधबार घरेलु मैदानमा भएको खेलमा स्वीट्जरल्याण्डलाई ३-१ ले पराजित गर्दै पोर्चुगल फाइनलमा पुगेको हो।
पोर्चुगलको यस जितमा उसको स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डो जितको नायक बने। उनको ह्याट्रिकमा पोर्चुगल विजयी भएको हो।
ह्याट्रिक गरेर जित दिलाउने क्रममा रोनाल्डोले पहिलो गोल खेलको २५ औं मिनेटमा गरेका थिए भने दोश्रो र तेश्रो गोल खेलको ८८ औं र ९० औं मिनेटमा गरेका थिए।
रोनाल्डोले दुई गोल गर्नुअघि स्वीजरल्याण्डले खेलको ५७ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको थियो। स्वीट्जरल्याण्डका लागि सो गोल रोड्रिग्वेजले गरेका थिए।
उपाधिका लागि पोर्चुगलले फाइनलमा बिहिबार इङ्ल्याण्ड र नेदरल्याण्डबीचको खेलको विजेतासँग भिड्नेछ।
फाइनल खेल आइतबार हुँदैछ।