रियल मड्रिड रियल भालाडोलिडसँग बराबरीमा रोकिएको छ।
स्पेनिस लिग अन्तरगत शनिबार भएको खेलमा मड्रिड भालाडोलिडसँग १-१ को बराबरीमा रोकिएको हो।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो।
मड्रिडले खेलको ८२ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। करिम बेन्जिमाले दिलाएको यो अग्रतालाई भालाडोलिडले ८८ औं मिनेटमा गोल गर्दै बराबरी गरिदियो र खेल बराबरीमा पुग्यो।
भालाडोलिडका लागि सो गोल सेर्गी गार्डीओलाले गरेका थिए।