अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग मंसिर २८ गतेबाट गर्ने भएको छ।
एन्फाले आगामी वर्षदेखि भने प्रत्येक लिग नोभेम्बर १ देखि सञ्चानल गर्ने स्थायी मिति निर्धारण गरिएको जनाएको छ।
सिजनको लिगका लागि १४ वटा क्लबले १८–१८ जना खेलाडी दर्ता गराइसकेको पनि एन्फाले जनाएको छ।
एन्फाले क्लब, प्रायोजक, सञ्चार माध्यम लगायत सम्पूर्ण फुटबल खेलसँग सम्बन्धित व्यक्ति, संघ संस्थाहरुको सहयोगबाट अझ बढी चुस्त व्यवस्थान गर्ने दाबी गरेको छ।