नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो।
एनपीएलको तेस्रो संस्करणअन्तर्गत दुवै टोलीबीचको यो लिग चरणको खेल हो।
अंक तालिकामा जनकपुर बोल्ट्स चार अंकसहित दोस्रो स्थानमा छ। यसले तीन वटा खेलमा दुई वटा जीत र एक हार व्यहोरेको छ।
यता विराटनगर किंग्स दुई अंकसहित छैटौं स्थानमा छ। तीन वटा खेलमा यसले दुई हार व्यहोर्दा र एक जित हासिल गरेको छ।
यस्तो छ प्लेइङ-११

