नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीचको दोस्रो खेलमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्।
यस खेलका लागि विराटनगरले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन। अघिल्लो खेलमा खेलेका खेलाडीलाई नै उसले निरन्तरता दिएको छ।
यता काठमाडौंले भने टोलीमा तीन परिवर्तन गरेको छ। स्मित पटेल, आदिल अन्सारी र रिपोन मण्डल टोलीबाट बाहिरिएका छन्। उनीहरूको स्थानमा साहिल पटेल, विल बोसिस्टो र शेहान अरागिचेले प्लेइङ ११ मा स्थान बनाएका छन्।
चार खेल खेलेको विराटनगरले दुई जित र दुई हार बेहोरेको छ। पहिलो खेलमा चितवन र दोस्रो खेलमा कर्णालीसँग पराजित भएको विराटनगरले त्यसपछि सुदूरपश्चिम र जनकपुरलाई हराएको थियो। चार अंक जोडेको विराटनगर अंक तालिकाको दोस्रो स्थानमा छ।
काठमाडौंले भने अहिलेसम्म दुई खेल खेलेको छ। पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो।
दुवै टोली आजको खेल जित्दै अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछन्।
विराटनगरको प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, बसीर अहमद, नारायण जोशी, रुपेश सिंह, अपराजित पौडेल, इमरान शेख, शेहान जयसूर्या, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, शुभम रञ्जनी
काठमाडौंको प्लेइङ ११
करण केसी (कप्तान), भीम सार्की, रशिद खान, साहिल पटेल, शहाब अलाम, सन्तोष यादव, देव शाह, स्मित पटेल, जहानदाद खान, विल बोसिस्टो, शेहान अरागिचे र डेभिड वार्नर