नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुने खेलमाटस जितेर पोखराले पहिले ब्याटिङ गर्ने भएको छ।
दुवै टोलीका लागि यो छैटौं खेल हो। प्लेअफ सम्भावना बलियो बनाउन दुवै टोलीलाई आजको खेलमा जित आवश्यक छ।
विराटनगरले यसअघि खेलेका पाँचमध्ये दुई खेलमा जित निकालेको छ। ४ अंक जोडेको विराटनगर अंकतालिकाको छैटौं स्थानमा छ।
यता पोखराको अवस्था भने थप चुनौतीपूर्ण छ। पाँच खेलमध्ये एक खेलमा मात्रै जित निकालेको पोखरा २ अंकसहित तालिकाको पुछारमा छ।
त्यसैले पोखरालाई प्लेअफ दौडमा कायम रहन आजको खेल जित्नैपर्ने दबाब छ। विराटनगर पनि जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा हुनेछ।
दुवै टोलीको प्लेइङ ११

