जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा नेपालले दोस्रो पदक पक्का गरेको छ।
महिला कबड्डी टोलीले समूह चरणमा दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। नियमअनुसार सेमिफाइनलमा पुग्ने टोलीले कम्तिमा पनि कास्य पदक जित्ने पक्का हुन्छ
नेपालले बिहीबार समूहमा दोस्रो जित निकाल्ने क्रममा श्रीलंकालाई ३४-२५ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
नेपालले दुवै हाफमा राम्रो प्रदर्शन गरेको थियो। पहिलो हाफमा १९ अंक जोडेर अग्रता लिएको नेपालले दोस्रो हाफमा १५ अंक बटुल्यो।

यसअघि नेपालले थाइल्यान्डलाई ४६-४३ ले हराएको थियो। चाइनिज ताइपेईसँग भने नेपाल ३७-१८ ले हारेको थियो।
नेपाली महिला कबड्डी टोलीले अघिल्लो संस्करणमा कास्य जितेको थियो। महिला कबड्डी टोलीले लगातार दोस्रो संस्करणको एसियन गेम्समा पदक जित्दै इतिहास रच्न लागेको हो।
यो समूहबाट ताइपेई तीनै खेल जितेर सेमिफाइनलमा पुग्यो। अब नेपालले फाइनल प्रवेशका लागि भोलि समूह एको विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि नेपालले करातेबाट कास्य पदक जितेको थियो। करातेका तेन्जिङ शेर्पाले कास्य जितेका थिए।