जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहन सफल भएको छ।
मंगलबार भएको ११औं स्थानको खेलमा नेपालले पराजय भोग्यो। नेपाललाई मंगोलियासँग ३–० को सोझो सेटमा पराजित गरेको हो।
मंगोलियाले २५–२३, २५–१७ र २५–१३ ले जित निकालेको हो।
५ खेलमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो। समूह चरणमा जापान र इन्डोनेसियासँग पराजित हुँदा नेपाल अघि बढ्न सकेन। त्यसपछि नेपालले ९ देखि १४औं स्थानका लागि भएको खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो।
तर त्यसपछि नेपाल हङकङ र मंगोलियासँग पराजित हुँदा १२औं स्थानमा सीमित बन्यो।