गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत 'जिम्माल बा को छोरो' को भिडियो सार्वजनिक भएको छ।
गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत छ।
भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ। सुब्रत आचार्य निर्देशित भिडियोमा विकास दाहालले सम्पादन गरेका छन्।
बुद्ध थापाको छायांकन, प्रमोद भण्डारीले कोरियोग्राफी गरेको यस भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ ।