आर्टुडियो नेपालले स्ट्रिट आर्टसम्बन्धी पुस्तक 'स्ट्रिट आर्ट नेपाल' सार्वजानिक गरेको छ।
मंगलबार नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा आर्टुडियोले एक कार्यक्रमको आयोजना गर्दै आफूले गरेको सडक कला परियोजना २०२२ का गतिविधि समेटेको पुस्तक 'स्ट्रिट आर्ट नेपाल' सार्वजनिक गरेको हो।
आर्टुडियोले गरेको दशकभन्दा लामो स्ट्रिट आर्टको अग्रसरताको संक्षिप्त अभिलेखलाई जोड्दै 'एकताको भित्ता-द वाल अफ युनिटी' को क्याटेगोरी अल अप्रोचसम्म र यस कला परियोजनाको विस्तृत वर्णन गर्ने उद्देश्यले यो पुस्तक सार्वजनिक गरिएको आर्टुडियोका तर्फबाट कलाकार तथा निर्देशक कैलाश के श्रेष्ठले बताए।
साथै, उनले नेपाली कला जगतको लागि यो पुस्तकले एक महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे।
आर्टुडियोले अमेरिकी दूतावासको सहयोगमा सञ्चालित एक भित्तेकला परियोजनामा देशभर भएको विविध जनचेतानात्मक कलाकृत सजिएको पुस्तकलाई नेपाली कलाका विविध व्यक्तित्वहबीच सार्वजनिक गरिएको छ।
कार्यक्रममा प्रतिष्ठानका कूलपति नारदमणि हर्तम्छाली, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसन लगायतका अतिथिले पुस्तकको विमोचन गरेका थिए।
आर्टुडियोले दूतावाससँग मिलेर सामाजिक समावेशीकरण र समताको विषयवस्तुमा केन्द्रित भित्ते चित्रकला परियोजना २०७९ सञ्चालन गरेको थियो।
![art--(4)-1701229608.jpg](https://img.setoparty.com/uploads/posts/art--(4)-1701229608.jpg?timestamp=1701229696797)
![art--(2)-1701229609.jpg](https://img.setoparty.com/uploads/posts/art--(2)-1701229609.jpg?timestamp=1701229711081)
![art--(3)-1701229609.jpg](https://img.setoparty.com/uploads/posts/art--(3)-1701229609.jpg?timestamp=1701229711081)
![art--(6)-1701229608.jpg](https://img.setoparty.com/uploads/posts/art--(6)-1701229608.jpg?timestamp=1701229711081)
![art--(1)-1701229608.jpg](https://img.setoparty.com/uploads/posts/art--(1)-1701229608.jpg?timestamp=1701229711081)