सुशान्त गौतम निर्देशित फिल्म 'अभिमन्यु: च्याप्टर १' आजदेखि प्रदर्शनमा आएको छ। उँधौली पर्वको बिदाको अवसर पारेर फिल्म बिहीबारदेखि नेपालसहित विश्वव्यापी रूपमा रिलिज भएको हो।
सामाजिक मुद्दामा आधारित सस्पेन्स–थ्रिलर यो फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्। साथमा किरण श्रेष्ठ, गौमाया गुरूङ, शारदा गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायतको अभिनय छ। अभिनेत्री रेखा थापा अतिथि भूमिकामा छिन्।
मुकेश खनालको लेखन रहेको यस फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।
'अभिमन्यु: च्याप्टर १' ले सोमबारको प्रिमियरमा उपस्थित फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। प्रिमियरको प्रतिक्रियाजस्तै दर्शकबाट पनि राम्रो 'वर्ड अफ माउथ' पाउने निर्माण टिमको विश्वास छ।
यो पनिः 'अभिमन्यु' मा 'सरप्राइज'- रेखा थापाको प्रवेशसँगै 'च्याप्टर २' को घोषणा