दयाहाङ राई, विजय बराल र दीया पुन अभिनीत फिल्म 'दयारानी' युट्युबमा सार्वजनिक भएको छ।
२०८० सालको माघमा प्रदर्शनमा आएको फिल्मलाई त्यसको दुई वर्ष पुग्न लाग्दा युट्युबमा रिलिज गरिएको हो।
माओत्से गुरूङ निर्देशित यो फिल्मले राम्रो व्यापार गरेको थियो।
हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत फिल्म सोमबार दिउँसो सार्वजनिक गरिएको हो।