फिल्म 'आ बाट आमा' ले आफ्नो प्रचार-प्रसारलाई तीव्र बनाएको छ।
सोमबार फिल्ममा समावेश गीत 'सृष्टिकै पहिलो नाम' सार्वजनिक गरिएको थियो। मंगलबार अभिनेत्री विपना थापा र अभिनेता पल शाह सुदूरपश्चिम महोत्सवमा पुगेर फिल्मको प्रचार गरे।
उनीहरूले फिल्ममा समावेश गीतमा हजारौं दर्शकहरूमाझ अभिनय समेत गरे। महोत्सवमा गाउँ–गाउँबाट हजारौं दर्शकहरू उपस्थित थिए। पर्दामा देखिने कलाकारहरूलाई प्रत्यक्ष देख्न पाउँदा दर्शकहरू उत्साहित देखिए। विपना र पललाई दर्शकहरूले हुटिङसहित न्यानो स्वागत गरे। उनीहरूको प्रस्तुतिमा रमाए।
चन्द्र पन्त निर्देशित 'आ बाट आमा' मा विपना र पलसहित प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत कलाकारहरूको अभिनय छ।
फिल्म माघ १६ गतेबाट प्रदर्शनमा आउने तालिका छ।