सुदिप्ताको लेखन र निर्देशनमा बनेको फिल्म 'रमिताको पिरती' को नयाँ गीत सार्वजनिक भएको छ।
महेश काफ्ले र अस्मिता अधिकारीको स्वरमा 'जुनी भर' बोलको रोमान्टिक शैलीको गीत सार्वजनिक भएको हो।
यसको भिडिओमा फिल्मका मुख्य कलाकारहरू आना शर्मा र विनय श्रेष्ठलाई हेर्न सकिन्छ। विनयले आनालाई फकाउँदै गरेको र उनले भनेको आनाले नमानेको दृश्यलाई भिडिओमा देखाइएको छ। यसले, फिल्ममा विनय र आनाको प्रेमको सुरूवातको रुपमा यो गीत तयार भएको वुझ्न सकिन्छ।
गीतको शब्द तथा संगीत महेश काफ्लेको हो।
शेरो फिल्मस्को प्रस्तुति रहेको 'रमिताको पिरती' मा आना र विनयसँगै समीर श्रेष्ठ, धिरज मगर, गियाना, गौमाया गुरूङ, पशुपति राई, रेनु योगी, थिन्ले ल्हामोलगायत कलाकारहरूको अभिनय छ।
सागर लम्साल निर्माता रहेको फिल्ममा आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता छन्। शिशिर बिशंखेको डिओपी रहेको फिल्मको सम्पादन सुनिल शिवभक्तिले गरेका हुन्।
'रमिताको पिरती' ले एक युवतीको प्रेम भावनालाई सुक्ष्म रूपमा देखाएको निर्माणपक्षको भनाइ छ। यसको रिलिज माघ २३ गतेलाई तय छ।