तिहारको विशेष दिन लक्ष्मीपूजा नेपाली कलाकारहरूले पनि हर्षोल्लासका साथ मनाएका छन्। आइतबार कलाकारहरूले घरआँगन सजाउनुका साथै रंगोली बनाएर, दियो बालेर र पूजाआजा गर्दै लक्ष्मीको स्वागत गरेका छन्।
हरिवंश आचार्य, रेखा थापा, करिश्मा मानन्धर, केकी अधिकारीलगायत कलाकारले सामाजिक सञ्जालमार्फत लक्ष्मीपूजाका तस्बिर तथा शुभकामना साझा गरेका छन्। कतिपयले लक्ष्मीपूजा गर्दै गरेका तस्बिर सार्वजनिक गरेका छन् भने कतिपयले तिहारको अवसरमा शुभकामना दिँदै सबैको घरमा लक्ष्मीको बास होस् भन्ने कामना गरेका छन्।
कलाकारहरूले आफ्ना तस्बिर र सन्देशमार्फत प्रशंसक तथा शुभचिन्तकसँग खुसी साटेका छन्।
हेर्नुस् तस्बिरहरूः-




