चलचित्र पत्रकार संघ नेपालमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
शनिबार राति सम्पन्न संघको १० औं महाधिवेशनबाट समीर बलामी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
बलामीले निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पराजित गर्दै पुनः नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।
निर्वाचनबाट उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा निर्वाचित भए भने उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, उपाध्यक्ष (महिला) मा दीपज्योति थापा निर्वाचित भइन्।
महासचिवमा गोपीकृष्ण चापागाईं, सचिवमा मदन रिजाल निर्वाचित भएका छन्। सचिव (समावेशी) तर्फ महम्मद जालिम निर्विरोध चयन भएका छन्।
यसैगरी, कोषाध्यक्षमा मनिष अन्जान र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन्।
संघको सदस्य पदमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल (पूजा), दीपराज क्षेत्री र सालिकराम न्यौपाने निर्वाचित भएका छन्।