७ वर्षअघिको सुपरहिट फिल्म 'छ माया छपक्कै' को दोस्रो शृंखला 'छ माया छपक्कै २'को छायांकन सुरू भएको छ।
दीपक-दीपाको फिल्म 'छ माया छपक्कै २' को बुधबार काठमाडौं गागलफेदीबाट छायांकन थालिएको हो।
पहिलो दिन अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारीको भागको दृश्य खिच्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो।
'छ माया छपक्कै २' दीपेन्द्र लामाले निर्देशन गर्दैछन्। सामाजिक-राजनीतिक कथावस्तुको फिल्म आमा सरस्वती मूभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा बन्न लागेको हो।
रोहित अधिकारी निर्माता रहेको फिल्मको छायांकन दुई चरणमा हुनेछ। पहिलो चरणमा ३० र दोस्रो चरणमा २० गरी ५० दिन छायांकन गरिने जनाइएको छ।
दीपकराज र केकीसहित सनिशा भट्टराईको पनि फिल्ममा शीर्ष अभिनय रहनेछ। अन्य कलाकारहरूबारे जानकारी दिइएको छैन।
फिल्म आउँदो दसैंको फूलपातीमा प्रदर्शनमा आउने घोषणा गरिएको छ।
