चर्चित हास्य कलाकार खेम शर्मा 'चतुरे'को अमेरिकामा निधन भएको छ। उनको बाल्टिमोरमा उपचारका क्रममा अमेरिकी समयअनुसार शनिबार बेलुका निधन भएको हो।
बुधबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। पछि थप उपचारका लागि अर्को अस्पतालमा रिफर गरिएको थियो। शर्मा केही वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए।
उनीसँग विभिन्न सिरियलमा सहकार्य गरेका कलाकार शिवहरि पौड्यालले सामाजिक सञ्जालमार्फत शर्माको निधन पुष्टि गर्दै असल साथी गुमाएको बताएका छन्।
यतिबेला उनको निधनप्रति थुप्रै कलाकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका शर्माले थुप्रै फिल्म र टेलिफिल्ममा अभिनय गरेका थिए। 'चतुरेको दाउपेच' उनको चर्चित टेलिशृंखलामध्ये एक हो।