‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट सार्वजनिक गरिएको छ।
ललितपुरको द प्लाजामा आयोजित स्यास सेरेमोनीमा फाइनलिस्टहरूलाई आधिकारिक प्रतियोगी अंक प्रदान गर्दै प्रतियोगिताको औपचारिक सुरूआत गरिएको हो।
कार्यक्रममा आयोजक संस्था ‘द हिडन ट्रेजर’का अध्यक्ष, निर्देशक तथा पूर्वमिस नेपाल विजेताहरूले प्रतियोगीहरूलाई स्यास र अंक वितरण गरेका थिए।
सो अवसरमा फाइनलिस्टहरूले आफ्नो परिचय दिँदै रूचि, लक्ष्य र सामाजिक सरोकारका विषयमा धारणा राखेका थिए।
आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका फाइनलिस्टहरूलाई आगामी दिनमा सघन प्रशिक्षण, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा विभिन्न सामाजिक गतिविधिमा सहभागी गराइनेछ।
यस वर्षको मिस नेपालको प्रमुख नारा ‘टप अफ द वर्ल्ड’ रहेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथालाई प्रतीकका रूपमा प्रस्तुत गरिएको यस थिमअन्तर्गत हिमाली आदिवासी समुदायको सांस्कृतिक पहिरनमार्फत कार्यक्रमको उद्घाटन गरिएको थियो।
घोषित २४ फाइनलिस्टमध्ये अब विभिन्न चरणका प्रशिक्षण र मूल्याङ्कनपछि विजेताहरू छनोट गरिनेछन्।
-1782297117.jpg)
-1782297118.jpg)
-1782297118.jpg)

-1782297118.jpg)
-1782297118.jpg)
-1782297117.jpg)
-1782297117.jpg)
-1782297117.jpg)
-1782297117.jpg)
-1782297117.jpg)