काठमाडौंमा 'झण्डा कला महोत्सव २०८३' सम्पन्न भएको छ।
बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा एक हप्ता सम्म चलेको महोत्सवमा हजारौं दर्शकहरुले नेपाली राष्ट्रिय झण्डाको कलात्मक रुप हेरे।
‘नेपाली राष्ट्रियता र संस्कृति’ भन्ने मूल नारासहित आर्ट बुमद्वारा आयोजित महोत्सवमा नेपाली राष्ट्रिय झण्डालाई विविध कलात्मक शैलीमा प्रस्तुत गरिएका कृतिहरू प्रदर्शनीमा राखिएका थिए।
महोत्सवमा हजारौँ दर्शकले नेपाली राष्ट्रिय झण्डाको सृजनात्मक र कलात्मक रूप अवलोकन गरेका आयोजकले जनाएको छ।
प्रदर्शनीमा नेपाली पहिचान, संस्कृति र राष्ट्रिय झण्डाको महिमा झल्काउने चित्रकला तथा कलाकृतिका साथै नेपालको ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई समेटिएका सिर्जनाहरू पनि प्रदर्शन गरिएका थिए।
आयोजकका अनुसार महोत्सवले नेपाली कला, मौलिकता र राष्ट्रिय पहिचानको प्रवर्द्धन तथा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
-1782550443.jpg)
-1782550446.jpg)
-1782550446.jpg)
-1782550444.jpg)
-1782550445.jpg)
-1782550445.jpg)
-1782550445.jpg)
-1782550444.jpg)
-1782550443.jpg)
-1782550443.jpg)
-1782550443.jpg)