चलचित्र विकास बोर्डले पछिल्लो आइतबारसम्मको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्म 'लालीबजार' ले सिनेपाः बक्स अफिसमा ९ करोड ३१ लाख ७७ हजार ६९० रूपैयाँ ग्रस कमाइ गरेको छ।
शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको फिल्म वैशाख २५ गते रिलिज भएको थियो। यो फिल्मको हालसम्म ३ लाख १६ हजार ९३० वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
त्यस्तै, फिल्म 'रोल नं. १' ले १ करोड ६८ लाख ९५ हजार ९३८ रूपैयाँ ग्रस कमाएको छ। यसको ६५ हजार ३०५ वटा टिकट बिक्री भएको बोर्डको विवरणमा उल्लेख छ। 'रोल नं. १' जेठ १५ गते रिलिज भएको थियो।
त्यस्तै, असार ५ गते रिलिज 'आई एम जितबहादुर'ले ३१ लाख ७ हजार ६९२ रूपैयाँ ग्रस कमाएको छ। फिल्मले १० दिनमा उक्त कमाइ गर्दा यसको ९ हजार ६२६ वटा टिकट बिक्री भएका छन्।
