नीता ढुंगाना र अशोक दर्जी अभिनीत फिल्म 'पार्वती'ले घरेलु बक्सअफिसमा २ करोड रूपैयाँको आँकडा पार गरेको छ।
भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्मले पछिल्लो आइतबारसम्म २ करोड ५ लाख ८५ हजार ५९३ रूपैयाँ ग्रस कमाएको हो। 'पार्वती'को उक्त कमाइका लागि ७३ हजार २२३ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत फिल्म 'गौंथली'ले घरेलु बक्स अफिसमा २६ करोड रूपैयाँ नजिकको कमाइ गरेको छ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले भदौ २८ गते (आइतबार)सम्म २५ करोड ९३ लाख ७४ हजार ७५० रूपैयाँ ग्रस कमाएको हो।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले उक्त कमाइ गर्दा ९ लाख ४० हजार ५६२ वटा टिकट बिक्री भएका छन्।
'गौंथली' यसवर्षको सर्वाधिक कमाउने मात्र होइन्, इतिहासकै दोस्रो ठूलो कमाइ गर्ने नेपाली फिल्म समेत बनिसकेको छ।
यो पनिः 'एलिफेन्ट्स इन द फग'को सुखद् व्यापार, कमायो ८६ लाख