बलिउड अभिनेता शाहिद कपूर अभिनीत फिल्म 'देवा' ले भारतीय बक्स अफिसमा औसत कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले तीन दिनमा १९ करोड ५ लाख भारू कमाएको छ। ५ करोड ५० लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ६ करोड ४० लाख र तेस्रो दिन ७ करोड १५ लाख भारू कमाएको हो।
यो फिल्म सन् २०१३ मा आएको मलयालम फिल्म 'मुम्बई पुलिस' को रिमेक हो।
रोशन एंड्रयूज निर्देशित फिल्ममा सिद्धार्थ राय कपूर र उमेश केआर बन्सलको लगानी छ। फिल्ममा शाहिदसँगै पूजा हेगडे, पावेल गुलाटी, प्रवेश राणा, कुब्रा सैतलगायत कलाकारको अभिनय छ।