बलिउड अभिनेत्री तथा सांसद कंगना रनौतले कांग्रेस नेता राहुल गान्धीसँग विवाह गर्ने भन्ने सामाजिक सञ्जालमा फैलिएको अफवाहको खण्डन गरेकी छन्।
दैनिक भास्करका अनुसार, सामाजिक सञ्जालमा कंगनाले 'राहुल गान्धीले भाजपा ज्वाइन गरेमा आफू विवाह गर्न तयार हुने' भन्ने दाबी गरिएको पोस्ट भाइरल बनेको थियो।
यस विषयमा प्रतिक्रिया दिँदै कंगनाले उक्त दाबीलाई पूर्ण रूपमा गलत र भ्रामक बताएकी छन्। उनले यस्तो सामग्रीलाई आधारहीन अफवाह भन्दै आलोचना गरेकी छन्।
कंगनाले सार्वजनिक रूपमा स्पष्ट पार्दै आफूले यस्तो कुनै अभिव्यक्ति नदिएको र सामाजिक सञ्जालमा फैलिएको कुरा सत्य नभएको उल्लेख गरेकी छन्। उनले यस्ता झूट फैलाउनेहरूलाई आफ्नो कार्यप्रति लज्जित हुनुपर्ने बताएकी छन्।
राजनीतिक करियर बाहेक कंगनाले अभिनय करियरमा पनि ध्यान केन्द्रित गरिरहेकी छिन्। उनी फिल्म 'क्वीन २' को तयारीमा छिन्।