मलयालम सुपरस्टार मोहनलाल अभिनीत क्राइम थ्रिलर फिल्म 'दृश्यम ३' ले बक्स अफिसमा २ सय करोडभन्दा माथिको व्यापार गरेको छ।
फिल्मले प्रदर्शनको १० दिनमा विश्वभर २१९.६९ करोड भारूभन्दा बढी ग्रस कमाइ गरेको हो।
भारतीय संचारमाध्यमका अनुसार फिल्मले घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा लगातार राम्रो व्यापार गर्दै यस वर्षकै ठूलो मलयालम ब्लकबस्टरमध्ये एकको रूपमा आफ्नो स्थान मजबुत बनाएको छ।
भारतमा फिल्मले पछिल्ला दिनहरूमा स्थिर गति कायम राखेको जनाइएको छ।
ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार ‘दृश्यम ३’ ले शनिबार भारतमा ५.०५ करोड भारू कमाएको छ। यससँगै भारतमा फिल्मको कुल नेट कमाइ ९१.३० करोड भारू पुगेको छ। अर्थात भारतमा फिल्मको ग्रस कमाइ १०५.९४ करोड भारू पुगेको हो।
जीतु जोसेफद्वारा निर्देशित 'दृश्यम ३' मा मोहनलालसहित सिद्दिकी, आशा शरथ, मीना, मुरली गोपी, अन्सिबा हसन र एस्थर अनिल पनि मुख्य भूमिकामा छन्। यसमा मोहनलालले आफ्नो चर्चित पात्र जर्जकुट्टीको भूमिकालाई निरन्तरता दिएका छन्।
'दृश्यम ३' मे २१ (जेठ ७)देखि प्रदर्शनमा आएको थियो। नेपालमा भने यो फिल्म रिलिज भएन।