बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा दोस्रो सन्तानको आमाबुवा बन्ने भएका छन्।
दुवैले बुधबार सामाजिक सञ्जाल पोस्टमार्फत आफूहरू दोस्रो सन्तानको प्रतीक्षामा रहेको जानकारी दिएका हुन्।
दुवैले संयुक्त रूपमा एउटा तस्वीर सार्वजनिक गर्दै आफूहरूको खुसीको खबर साझा गरेका छन्। तस्बिरमा उनीहरूको हातसँगै सानो बच्चाको मोजा र उनीहरूकी पहिलो सन्तान छोरीको हात देखिन्छ।
तस्बिरसँगै उनीहरूले लेखेका छन्, 'सबभन्दा ठूलो उपहारका रूपमा फेरि एकपटक धन्य भएका छौं। हाम्रो मन प्रेम र कृतज्ञताले भरिएको छ।'
कियारा र सिद्धार्थ सन् २०२३ को फेब्रुअरीमा विवाह बन्धनमा बाँधिएका थिए। विवाहको दुई वर्षपछि उनीहरूले सन् २०२५ मा पहिलो सन्तानका रूपमा छोरीलाई स्वागत गरेका थिए। उनीहरूले छोरीको नाम सरायाह राखेका छन्।
दोस्रो सन्तानको खबर सार्वजनिक गरेपछि उनीहरूलाई बलिउडकर्मीहरूले बधाई दिएका छन्।
कियारा र सिद्धार्थ आफ्नो पारिवारिक जीवनलाई सकेसम्म नीजि राख्दै आएका छन्। विशेषगरी छोरी सरायाहसँग सम्बन्धित विषयमा उनीहरूले सार्वजनिक रूपमा धेरै कुरा साझा गरेका छैनन्।
व्यावसायिक रूपमा भने दुवै कलाकार बलिउडमा सक्रिय छन्। कियारा पछिल्लो समय यशसँगको फिल्म 'टक्सिक'मा देखिएकी थिइन् भने सिद्धार्थको पछिल्लो फिल्म 'द भ्वान' हो।